फकल्यान्डमा गोर्खाली :- जित्दा जित्दै हारेको कथा





सन् १८१६ देखि आजसम्म बेलायतले लडेका प्रत्येक युद्धमा नेपाली युवाहरु अर्थात् गोर्खा सैनिकको सहभागिताछ । प्रत्येक युुद्धमा गोर्खाले अग्रमोर्चामा रहेर बेलायतका लागि लड्दै आएका छन् । बेलायतले हरेक युद्ध अघि नै गोरखाहरुको ‘बहादुरी’को बारेमा प्रचार गरेर दुश्मनलाई त्रर्साउँदै आएका छन् । त्यो मध्ये एक थियो, फकल्यान्ड युद्ध । यो गोर्खालीको दानवीकरण उत्कर्ष थियो । जसले गोर्खालीको विभत्स विम्ब निर्माण गरिदियो । जहाँ गोर्खालीले ब्रिटिसलाई जिताए, तर यथार्थमा आफैँचहिँ नराम्ररी हारे । फकल्यान्ड युद्धमा गोर्खालीहरुको कसरी दानवीकरण गरियो ? प्रस्तुत छ, यसको नालीवेली :





आजभन्दा ठीक ३२ वर्षअघि अर्जेन्टिनी सेनाका कमान्डर रोवर्टो हरसेर फकल्यान्ड युद्ध (किन भयो फकल्यान्ड युद्ध ? (हेर्नुुहोस्, बक्समा तल) मा जान तयार हुँदै थिए । उनलाई फकल्यान्ड युद्धको राजनीति के थियो ? केही थाहा थिएन । एउटा सैनिक हुुनुको नाताले उनलाई यति मात्रै थाहा थियो, ‘कि फकल्यान्ड मेरो भूमि हो । यसलाई ब्रिटिस साम्राज्यबाट जोगाउन लड्नुपर्छ ।’ ब्रिटिस सेनासँग लड्न उनी सबै हिसाबले तयार थिए ।
आमअर्जेन्टिनी पनि गोर्खाहरूको कारण पराजय भोग्नुपरेको तथ्यप्रति जानकार थिए । तर, उनीहरूको दिलदिमागमा बेलायतीसँग मात्रै लडे जित्न सकिन्छ भन्ने थियो । फकल्यान्ड युद्धमा हार भएको चार वर्षपछि विश्वकप फुटबलमा भएको विजयपछि त्यही अर्जेन्टिनाका नागरिकको दिलदिमागमा भएको तथ्यलाई सार्वजानिक गरेका थिए, म्यारोडोनाले ।
ब उनी युद्धमैदानमा जान अन्तिम तयारी गर्दै थिए । उनले त्यतिवेला मात्रै थाहा पाए, अर्जेन्टिनाका सैनिकले फकल्यान्डमा केवल बेलायतीसँग मात्रै होइन संसारको सबैभन्दा खतरनाक सेनासँग पनि लड्नुुपर्नेछ । त्यो खतरानाक सेना थियो, गोर्खा सैनिक । युद्धअघि नै ब्रिटिसले प्रचारका सबै माध्यमको दुरुपयोग गरेर अर्जेन्टिनाका सैनिकहरूको दिलदिमागमा गोर्खा सैनिकको विभत्स विम्ब हालिदिएको थियो । गोर्खालीको विम्ब थियो, संसारको असाध्यै खतरानक सेना जो असाध्यै जंगली जनवारजस्तै हुन्छ । उस्तै परे बच्चाको मासुु खाँदै पनि ऊ लड्न तयार छ । तिनलाई मर्न र मार्नेबाहेक अरू केही आउँदैन । गोर्खाली त मान्छेको मासु पनि खान्छन्, उनीहरूका खुकुरीले एक किलोमिटर टाढाको विपक्षी पनि चिन्छ ।
बेलायतले हरेक युद्ध अघि नै गोरखाहरुको ‘बहादुरी’को बारेमा प्रचार गरेर दुश्मनलाई त्रर्साउँदै आएका छन् । त्यो मध्ये एक थियो, फकल्यान्ड युद्ध । यो गोर्खालीको दानवीकरण उत्कर्ष थियो । जसले गोर्खालीको विभत्स विम्ब निर्माण गरिदियो । जहाँ गोर्खालीले ब्रिटिसलाई जिताए, तर यथार्थमा आफैँचहिँ नराम्ररी हारे
युद्धमैदानमा जानुअघि कमान्डर रोबर्टो हरसेरको दिमागमा पनि यही पस्यो । युद्धमैदानमा जानुअघि उनको दिमागमा घुसेको गोर्खालीको यो विभत्स विम्बले उसलाई यसरी हल्लाइदियो कि, अघिसम्म जितिन्छजस्तो लागेको युद्ध कतै लाग्न थाल्यो, ‘हारिएला कि ? युद्धमैदानमै मरिने पो हो कि ?’ उनले युद्धमैदानमा जानुअघि आफ्ना बुुबालाई भने, ‘बुुबा, हामीले ब्रिटिसलाई त जित्थ्यौँ । तर, खतरनाक गोर्खालीलाई जित्न सक्छौँ-सक्दैनौँ ? यदि हामी हारेर फर्कियौँ भने पनि ब्रिटिसले हराएको कहिल्यै नभन्नुुहोला । किनकि हामीलाई गोर्खालीले हराउनेछ ।’ कमान्डर रोबर्टो हरसेरले आफ्नो स्मरणमा लेखेका छन्, ‘गोर्खालीबारे गरिएको प्रचारले हामीलाई युद्धमैदानमा जानअघि नै विचलित बनायो । यसको असर युद्धमैदानमा देखियो ।’ कमान्डर रोबर्टो हरसेरजस्तै अधिकांश अर्जेन्टिनी सैनिकयुद्धमा जानअघि नै विचलित भए । एउटै कारण थियो, गोर्खाबारे गरिएको दुुष्प्रचार ।


युद्धमा जादै गोरखा तथा गोरा सैनिकहरु ।
  यस्तो थियो प्रचार
युद्धपछि एक ब्रिटिस सेनाका अफिसरको प्रतिक्रिया थियो, ‘धाकैले जितिन्छ भने किन कसलाई मार्नुुपर्‍यो र ? त्यही भएर हामीले धेरै अर्जेन्टिनी सैनिकलाई मार्नु परेन ।’ उनले भनेको त्यो धाक थियो, गोर्खालीकोे दुुष्प्रचार । युद्ध सुुरु हुनअघि नै बेलायतले गोर्खालीबारे तयार पारिएको अडियो, भिडियो र छापाका सामग्री अर्जेन्टिनी सैनिकसम्म विभिन्न माध्यमबाट पुर्‍याउन सफल भयो । उसले आफ्नो प्रभाव र पहुुँचमा रहेका सबैजसो सञ्चारमाध्यमको दुुरुपयोग गरे । उनीहरूलाई आफ्नो खुकुरी उध्याउँदै र हावामा खेलाउँदै गरेका फोटाहरू संसारभरिका पत्रिकामा छापेर प्रचारबाजी गरिएको थियो ।


ती सामग्रीमा गोर्खाहरूको भयानक दानवीकरण थियो । जस्तो– गोर्खाहरू यस्ता हुन्छन्, ‘कि जसले दापबाट खुुकुुरी निकालेपछि कम्तीमा दशजना नमारी दापभित्र राख्दैनन्, यदि कसैलाई मार्न नपाए आफैँ शरीरबाट रगत निकालीकन खुकुरीलाई भोग दिएर मात्रै दापभित्र राख्छन् । गोर्खाहरूको खुुकुुरी दापबाट निस्किसकेपछि भोग नखाई दापमा छिर्दैन ।’ भोकभोकै पनि लडाइँ गर्न सक्छन् । उस्तै पर्दा बालबच्चाको काँचो मासुु खाएर पनि लड्न सक्छन् । यदि गोर्खाहरूलाई आक्रमण गरेर एकैचोटि मार्न सक्यो त ठीकै होला । तर, कोही गोर्खा घाइते भए, त्यो खतरानक हुन्छ । जब गोर्खा घाइते हुन्छ, ऊ सहर छिरेको घाइते बाघजस्तै हुन्छ । घाइते बाघ सहर छि¥यो भने जसरी नमरुन्जेल मान्छेमाथि आक्रमण गर्दै हिँड्छ । ठीक त्यसैगरी गोर्खा पनि घाइते भएपछि दुुस्मनहरूलाई फाँड्दै हिँड्छ । एक गोर्खालाई घाइते बनाउनुु भनेको उनका सयौँ दुस्मनको अन्त्य हो । गोर्खाली त मान्छेको मासु पनि खान्छन्, उनीहरूका खुकुरीले एक किलोमिटर टाढाको विपक्षी पनि चिन्छ । गोर्खाहरूको विषयमा यस्ता कैयन प्रचार गरेका थिए ।

बेलायतले गोर्खाहरूको ऐतिहासक पहिचानको बोकेको खुकुरीको समेत चरम दुुरुपयोग गरे । गोर्खाहरूले खुुकुरी उदाएर आक्रमणका लागि तयार भएको, ठूला रूख छिनालेको, राँगा छर्लम्मै छिनालेका जस्ता दृश्य बनाएका थिए । गोर्खाहरू खुुकुरी बोकेर बाघझैं गर्जिंदै दौडिरहेका दृश्यसमेत निर्माण गरिएको थियो ।


युद्धमा गोरखा सैनिकहरु ।
दानवीकरणको उत्कर्ष
सन् १८१६ देखि आजसम्म बेलायतले लडेका प्रत्येक युद्धमा गोर्खा सैनिकको सहभागिता छ । प्रत्येक युुद्धमा गोर्खाले अग्रमोर्चामा रहेर बेलायतका लागि लड्दै आएको छ । फकल्यान्ड युद्धअघि दुुई विश्वयुद्धसहित विभिन्न क्षेत्रीय युद्ध भए । ती युद्धमा गोर्खाहरूले बहादुरी देखाए । बलिदान गरे । गोर्खाहरूको त्यो बलिदानलाई संसारभरले अनेक रूपले अथ्र्याए । बेलायतले बहादुर माने । बेलायत र उसका विरोधीहरूले भाडाका भने । उतिवेला पनि गोर्खाहरूको दानवीकरण नभएको त होइन । तर, गोर्खाको दानवीकरणको सबैभन्दा उत्कर्षचहिँ फकल्यान्ड युद्ध थियो । गोर्खाले त्यसअघि देखाएको बहादुुरीको दुुरुपयोग गरी गोर्खालाई रक्तपिपाशुुका रूपमा प्रयोग प्रचार गरे । पहिलो र दोस्रो विश्वयुद्धताका सञ्चारमाध्यमको धेरै विकास भएको थिएन। तर, फकल्यान्ड युद्धताकासम्म संसारले सूचनामा फड्को मारिसकेको थियो ।

त्यही फाइदा उठाएर ब्रिटिसले गोर्खाको विभत्स विम्बको निर्माण गरेर प्रचार गर्‍यो । त्यही प्रचार फकल्यान्डयुद्धमा बेलायतकोविजयको एक महत्त्वपूूर्ण कडी बन्न पुुग्यो । अर्जेन्टिनीबीच गोर्खालाई मानवका रूपमा होइन, दानवका रूपमा प्रचार गरियो । उनीहरूले ‘गोर्खाको खुकुरी दापबाट निस्केपछि रगत नपिई फर्कंदैन, अरूलाई काट्न पाएन भने आफ्नै हात काटेर भए पनि रगत दिनैपर्छ भन्ने हल्ला मच्चाएर, शत्रुको रगत र मासु खाने जाति भन्ने प्रचार गराएर गोर्खाली बहादुरीको विभत्स विम्ब निर्माण गरेका छन् ।

जित्दा–जित्दै हार्नुको पीडा
फकल्यान्ड युुद्धपछि नोबेल पुुरस्कार विजेता कोलम्बियाली लेखक गाब्रिल मार्कुयजले गोर्खालीलाई टाउको कटुुवा भन्दै निन्दा गरे । उनको दाबी थियो, ‘गोर्खालीले प्रतिसात सेकेन्डमा एउटा अर्जेन्टिनी सैनिकको टाउको काट्यो ।’ गोर्खालीहरू रक्तपिपाशुु हुन् भन्ने उनको आरोप त सामान्य नै थियो, किनभने ब्रिटिसको प्रचार नै त्यही थियो ।
भिन्सेट मार्टिनेज भन्ने जना सिपाहीको हवला दिँदै गोर्खाली सेनाले मोडी ब्रुुकमा ४० हजार अर्जेन्टिनी सैनिकको छाती चिरेर मारेको समेत प्रचार गरियो । फकल्यान्डयुद्धपछि गोर्खाको यतिधेरै बद्नामी भयो । यो नेपालका लागि पनि लज्जाको विषय हो । यसको कारण अर्जेन्टिनी थिएनन्, स्वयं ब्रिटिसले प्रयोग गरेका प्रचारका सामग्री थिए । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिसमक्ष अर्जेन्टिनाले माल्भिनाजकबाट नेपाली सेना तत्काल हटाउन माग गर्‍यो । यतिसम्म कि नेपाली सेनालाई शान्तिसेनामा जान रोक्नुुपर्छ भन्ने आवाज पनि उठ्यो । यहीबाट प्रस्ट हुन्छ, कि फकल्यान्डमा ब्रिटिसले यतिधेरै गोर्खा सैनिकको बद्नाम ग¥यो कि जसका कारण गोर्खालीलाई मात्रै होइन देशलाई समेत लज्जाको विषय बन्यो । यसको दोषी को त ? गोर्खाली या ब्रिटिस वा ब्रिटिसलाई सैनिक भर्ना गर्न दिने नेपाली शासक ? यसको उत्तर पनि कसले दिन्छ ?

लडाइँको मोर्चाको हिसाबले फकल्यान्डमा ब्रिटिसलाई गोर्खाले जिताइदिए । अझ भनौँ जो गोर्खा मोर्चामा थिए, मोर्चामा त जिते । तर, साँचो यथार्थमा फकल्यान्डमा गोर्खाली जित्दा–जित्दै हारे किनभने गोर्खालीको विषयमा ब्रिटिसले बनाइदिएको विभत्स विम्ब गोर्खालीका लागि मात्रै हौइन देशकै लागि लज्जाको विषय बन्यो ।

सन् १९८६ मा विश्वकप फुटबल विजयपश्चात् अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनालाई सञ्चारकर्मीहरूले सोधे, ‘बेलायतविरुद्धको खेलमा जित कसरी सम्भव भयो ?’ म्यारोडोनाले मुस्कुराउँदै भनेका थिए, ‘हामीले बेलायतलाई विश्वकप फुटबल फाइनलमा हराउन सक्यौँ, किनकि तिनीहरूको समूहमा गोर्खालीहरू थिएनन् ।’ फकल्यान्ड टापुको विषय लिएर सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच भएको युद्धमा अर्जेन्टिना सर्मनाक हार भएको थियो । गोर्खालीकै कारण आफ्नो पराजय भएको अन्र्जेन्टिना सरकारको निष्कर्ष थियो । युद्धको समीक्षासहित तयार पारिएको अर्जेन्टिनाको प्रतिवेदन भन्छ, ‘हामी बेलायतीसँग मात्रै लडेको भए, जित सुनिश्चित थियो, हाम्रो पराजयको कारण गोर्खाहरू नै हुन् । केवल बेलायतीसँग लड्न परे अझै जित्न सक्छौँ ।’
फकल्याण्ड युुद्धपछि नोबेल पुुरस्कार विजेता कोलम्बियाली लेखक गाब्रिल मार्कुयजले गोर्खालीलाई टाउको कटुुवा भन्दै निन्दा गरे । उनको दाबी थियो, ‘गोर्खालीले प्रतिसात सेकेन्डमा एउटा अर्जेन्टिनी सैनिकको टाउको काट्यो ।’
आमअर्जेन्टिनी पनि गोर्खाहरूको कारण पराजय भोग्नुपरेको तथ्यप्रति जानकार थिए । तर, उनीहरूको दिलदिमागमा बेलायतीसँग मात्रै लडे जित्न सकिन्छ भन्ने थियो । फकल्यान्ड युद्धमा हार भएको चार वर्षपछि विश्वकप फुटबलमा भएको विजयपछि त्यही अर्जेन्टिनाका नागरिकको दिलदिमागमा भएको तथ्यलाई सार्वजानिक गरेका थिए, म्यारोडोनाले । एक हिसाबले म्यारोडानको चुनौती थियो, कि गोर्खालीविनाको बेलायतलाई हामी जित्न सक्छौँ ।
यस्तो छ, फकल्याण्ड युद्धका घाईतेका युद्ध संस्मरण :
२११६०८०१ कर्पोरल ज्ञानेन्द्र राई, जन्म १९५५, भर्ती १९७३, मूलपानी, भोजपुर





'जब बमले मेरो ढाडमा भ्वाङ पार्‍यो'
११ जुन १९८२ का दिन बिहानको समय हामी फकल्यान्डको सदरमुकाम तथा अर्जेन्टिनीहरूको मूल किल्ला स्ट्यान्ली बन्दरगाह कब्जा गर्न जाँदै थियौँ । अर्जेन्टिनीहरूले निरन्तर तोपले बमबारी गरिरहेको हुनाले अगाडि जान सकेनौँ, र केही पछाडि हटेर बङ्कर बनाई आड लिएर बसिरहेका
थियौँ ।
यतिकैमा अर्जेन्टिनीहरूले स्टयान्लीबाट आर्टिलरी वानओफाइवफाइभले हानेको बम म बसेको बङ्करभन्दा करिब १७ मिटर दुरीमा खसेर पड्कियो । पड्किएर मलाई दाहिने ढाडमा लाग्यो । त्यतिबेला मलाई दुख्न होइन घनले ढ्याप्प कुटेजस्तो भयो; तातो न तातो । दाहिने कुममा पनि लागेको थियो, तर ढाडको भन्दा कम चोट थियो । बम पड्किएपछि मेरो वरिपरि आगो बलिरहेको थियो । म हलनचल भएँ । निकै बेरपछि ढाँडमा हात लैजाँदा बमले प्वाल पारेको घाउभित्र ख्वाप्पै हात पस्यो ।
म सँगै बङ्करमा योद्धा साथी बलिप्रसाद राई पनि थिए । उनको पनि बमको छर्राले हेलमेट छेडेर टाउकोमा लागेको थियो । उनको पनि रगत बगिरहेको थियो । त्यतिबेला ऊ भनिरहेको थियो, ‘तिमीलाई गोली लाग्यो ।’ म पनि भनिरहेको थिएँ, ‘होइन तिमीलाई पनि गोली लाग्यो ।’ हामी आफ्नो भन्दा एकअर्काको पीडामा पो छटपटिन थालेछौँ । लडाइँको मैदानमा सहयोद्धाको मन यस्तो हुँदो रहेछ ।
मेरो समझ फिरेपछि ‘उठेर भागौँ’ जस्तो लाग्यो, तर आन्द्रा बाहिर निस्किजाला भनेर भागिनँ । बम आएको आएकै हुनाले उद्धारमा हेलिकप्टर आउन सक्ने अवस्था थिएन । बमले लाग्दा पनि युद्धको जोशमा अरु सोचविचार नआउँदो रहेछ । म घाइते भई छटपटाईरहँदा पनि ‘दुश्मन’लाई भेट्ने र काटेर मार्ने भावना मनमा आइरह्यो । घाइते भए पनि मनमा अगाडि बढ्ने नै इरादा थियो । जति सक्दो अर्जेन्टिनीहरूलाई हराउन सक्यो उति छिटो सबैलाई हाइसञ्चो हुन्छ भन्ने मनमा भइरहेकोले मेरो मनमा त्यतिबेला पनि चाँडो टापु कब्जा गर्न पाए आनन्द हुने थियो भन्ने मात्रै थियो । त्यतिबेला मर्फिन भन्ने मान्छे दुखाई कम गर्ने वा मान्छे लट्टाउने औषधी बोक्थ्यौँ । मर्फिनले काम नगरेपछि मैले आफूसँग भउको खैनी माडेर खाएँ । खैनीले दुखाई कम भयो । जिउ तातो भएर आयो ।
केही बेरमा बम वर्षिन कम भएपछि ल्यान्ड रोभर गाडी आएर मलाई फिजरोयको फिल अस्पताल पुर्‍याइयो । यो घटनास्थलबाट गाडीमा करिब २० मिनेटको दुरीमा थियो । अस्पतालमा अप्रेसन गरेर बमको चोइटा निकालियो । आन्द्रालाई नछुने गरी अलि माथिसम्म गाडिएको रहेछ । मलाई एक जना गोराको रगत लगाइदिइयो ।  मलाई गोली बमले लागेको तीन दिनपछि जुन १४ तारिखमा अर्जेन्टिनाले आत्मसमर्पण गर्‍यो, जतिबेला म अस्पतालमा आलो घाउको उपचार गराउँदै थिएँ ।
मलाई फिल अस्पतालदेखि इन्टरनेशनल रेडक्रस अस्पतालमा लगियो । अर्जेन्टिनी घाइतेहरू पनि त्यहीँ ल्याइएका थिए । मैले त्यसै बेला नर्सको जिन्दगीको महानता देखेँ । उनीहरूको सहनशील क्षमता र सेवा देखेर उनीहरूप्रति भित्रभित्रै सम्मान जाग्यो । त्यो अस्पतालमा म महिना दिन बसेँ ।
फकल्यान्ड युद्धको समय बिहे गरिसकेको थिएँ । मेरी श्रीमती भोजपुरस्थित मूलपानी घरमै थिइन् । म घाइते भएको खबर हेडक्वार्टरले परिवारमा पुर्‍याएको थियो । म पछि बिसेक भइसकेपछि श्रीमतीसँग बोल्न पाएँ । उनले मेरो हालतबारे सोधेकी थिइन् ।   फकल्यान्ड युद्धमा गोरखा घाइतेको सङ्ख्या ११ थियो । म भन्दा सख्त घाइते ज्ञानबहादुर राई थिए । उनलाई अस्पताल लाँदा जिउ एकापट्टि र आन्द्रा पोलिथिनको झोलामा लगिएको थियो । पछि उनी तीव्र उपचारले बाँचे ।
मलाई अन्य गोरखाहरू फकल्यान्डबाट फिर्नु अगावै बेलायत फिर्ता पठाइएँ । मलाई मन्टेभिडियो, ब्राजिल हुँदै बेलायत ल्याइएको थियो । गोरखाहरू बेलायत आइपुग्दा म त्यहाँको अस्पतालमा थिएँ । मलाई निको हुन वर्ष दिन जस्तो लाग्यो । केही काम गर्न सकिनँ । तनखा भने आइरहन्थ्यो ।
सेनाको काम कि त रनमा कि त वनमा भन्ने उखान नै छ । लडाइँमा जान गाह्रो, हिँडेपछि लडाइँतिरै ध्यान जाने भइहाल्यो ।
बमले लागेर पनि जीवित भएर आउँदा बाँच्नुको भाग्य भन्दा अन्यायको पीडाले मन दुख्छ । ब्रिटिसका लागि नोकरी गरेँ, खुन बगाएँ, तर हवाई टापुबाट मलाई विना पेन्सन फिर्ता पठाइयो । मैले उपचार अभावमा आफ्नी धर्मपत्नीलाई असामयिक गुमाउनुपर्‍यो । आफ्ना साना सन्तानको पेटपालोको लागि इराकमा अवैधानिक नोकरी गर्नुप¥यो । यदि लाहुरे नभएको भए पढेर, देशमै नोकरी गरेर आफ्नो जीवन मालामाल बनाएको हुन्थेँ भन्ने लाग्छ ।
अहिले पनि घाउको घाउको असर जीउमा परिरहेकै छ । जाडोमा दुख्छ ।  मलाई हवाईबाट रित्तो हात फर्काइएपछि र बेलायतमा जान नपाएपछि मुद्दा लड्नुपर्‍यो । मेरो पक्षमा धेरै बेलायती जनता र सञ्चारहरू थिए । म लगायत छ जनाले २००८ को सेप्टेम्बरमा बेलायतको रोयल कोर्ट्स् अफ जस्टिसमा मुद्दा हाल्यौँ । अदालतका माननीय न्यायधीस निकोला ब्ल्याकको इजलासले त्यही मुद्दामा गोरखा भर्तीको आधार मानिएको त्रिपक्षीय सम्झौतालाई अवैधानिक ठहर सहित गोरखाहरूको पक्षमा अन्य फैसला गरेका थिए । राष्ट्रमण्डल देशका नागरिक जस्तै गोरखाहरूलाई अधिकार दिनुपर्ने फैसला त्यतिबेलै भएको थियो । यसले केही हदसम्म गोरखाहरूलाई न्याय मिल्न गएको छ । मुद्दा लडेर मात्रै मैले पनि बेलायत बस्न पाएको हुँ । पहिले त हामीलाई वेलफेयरमा पस्न समेत अनुमति थिएन । म २००९ को नोभम्बर महिनादेखि बेलायत बसिरहेको छु ।
बेलायत आएको एक वर्षसम्म मैले आफ्नो उपचारमा नै बिताएँ । पछि सुरक्षकको नोकरी गर्न थालेँ । मेरा श्रीमती र सबै सन्तान नेपालमा नै छन् । मेरो कुनै पेन्सन छैन । मैले धरान या काठमाडौँमा कहीँ घर बनाइनँ, वा बनाउन सकिनँ, जुन अक्सर सबै लाहुरेले गर्छन् । श्रीमती र छोराछोरीलाई बेलायत लान कागजपत्र मिलेको छैन । छोराछोरीलाई बेलायत देखाउने धोको भने छ ।  मैले जीवनको अनुभव भन्नु जीवनलाई गाह्रो सम्झिए गाह्रो र सरल सम्झिए सरल हुने रहेछ भन्ने छ । मैले जीवनमा साधारण हिसाबमा भनिने थुप्रै गाह्रोसाह्रो भोगेँ । पहिलो श्रीमती उपचार नपाई बितिन्  । मैले पछि दोस्रो बिहे गरेँ । अहिले छ जनाको पिता छु ।  जब फकल्यान्ड युद्धका सहयोद्धा गोरखाहरू हामी भेटिन्छौँ, आफ्ना सुखदुःखका कुराहरू गर्न थाल्छौँ । मलाई मेरा छोराहरू भर्ती होउन् भन्ने कहिल्यै पनि लाग्दैन । भर्तीका असरहरू जनजाति समुदायमा बुझाएर विवेकसंगत रुपले भर्ती बन्द गरिनुपर्छ भन्ने मलाई लाग्छ ।
फकल्यान्ड दुःखका अनेक कहानी छन् । हामीले एक पाना बिस्कुटको खोले बनाएर पनि खाएका छौँ, र सिगरेटले भोक मारेको अनुभव पनि मैले गरेँ । देश परिवार सम्झेर विह्वल हुने अवस्था पनि आयो । आफ्नो परिवार र देशको माया मृत्युको मुखमा पुग्दा झन घनिभूत हुँदो रहेछ ।
के हो फकल्यान्ड युद्ध ?
Margaret Thatcher
तत्काली बेलायती प्रधानमन्त्री मारगेट थ्याचर,





















फकल्यान्ड युद्ध सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरू र दक्षिणी जर्जियामाथि भएको विवादले भएको थियो । फकल्यान्ड टापुहरू दुई ठूला (पूर्वी र पश्चिमी) टापुहरू र अन्य साना टापुहरू मिलेर बनेको दक्षिण एटलान्टिक महासागरमा रहेको टापु हो ।
फकल्यान्ड सन् १८३३ देखि ब्रिटिस उपनिवेश थियो । आफ्नो साम्राज्य बिस्तार गर्ने लालसामा बेलायतले अत्यधिक चिसो हुने दक्षिणी धु्रवको त्यो सानो र सुन्दर जमिन इलाकामाथि आँखा गाडेको थियो । बेलायतदेखि १३ हजार किलोमिटर टाढा रहेको यो ठाउँलाई आफ्नो टापुको सबैभन्दा नजिक रहेको देश अर्जेन्टिना (दुरी ४ सय असी किलोमिटर) भौगोलिक निकटताका कारण आफ्नो क्षेत्र दाबी गरिरहेको थियो । भौगोलिक निकटताबाहेक अर्जेन्टिनाले टापुलाई स्पेनी उपनिवेशबाट स्वतन्त्र भएसँगै आफूले पाएको अधिकार ठान्दथ्यो । अर्जेन्टिना १८१६ सम्म स्पेनको उपनिवेश थियो । बेलायत चाहिँ अन्तर्राष्ट्रिय ‘सिफारिस कानुन’को आडमा आफूले लामो, खुल्ला, निरन्तर र शान्तिपूर्ण रुपमा १८३३ यताकै निरन्तरताका रुपमा टापु आफ्नो अधीनमा हुनुपर्ने दाबी गर्दथ्यो ।

फकल्यान्ड युद्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अचानक फकल्यान्ड टापुहरूमा धावा बोलेपछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रणमाथि रहेको भूमिमाथिको हमलाको रुपमा लिएको थियो । त्यस अघि ती टापुहरू बेलायतको उपनिवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जेन्टिनी बल टापुहरूको राजधानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यतिबेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्मसमर्पण गराएर अर्जेन्टिनी बलले राजधानी कब्जा गर्न धेरै समय लगाएन ।

अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा सङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यतिबेला ७५ जना मात्र बेलायती शाही जलसेनाहरू टापु सुरक्षाको रुपमा तैनाथ थिए । त्यस क्रममा एक जना अर्जेन्टिनी अधिकृत मारिए, केही घाइते भए भने केही भवनहरू ध्वस्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापुहरूमा अर्जेन्टिनाले एकैचोटि कब्जा गरेको थियो ।

अर्जेन्टिनाको यस्तो कदमले बेलायत नराम्ररी चिढियो । भोलिपल्टै बेलायतको तल्लो सदन हाउस अफ कमन्समा यस विषयमा तीव्र बहस भयो । प्रधानमन्त्री मार्गरेट थ्याचरले यसैबेला आफ्ना सैन्य बल दक्षिण एटलान्टिक महासागरतिर पठाइने घोषणा गरिन् । अन्तराष्ट्रिय शक्तिहरू पनि शक्तिशाली बेलायतकै पक्षमा लागे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले टापुहरूमा अर्जेन्टिनाले गरेको कब्जाको भत्र्सना गर्दै आफ्ना सेनाहरू तुरुन्त फिर्ता पठाउन माग गर्‍यो । यता दुवै देशले युद्धको कुनै घोषणा नगरीकन त्यसका लागि सशक्त तयारी थाले । बेलायत किन चरम रुपमा रुष्ट भयो भने अर्जेन्टिनाले ‘देखाउनकै लागि’ टापुमा भवनहरूको विध्वंशात्मक तस्बीर प्रचार गरेको थियो । यसलाई विश्लेषकहरूले उसको कमजोरीको रुपमा ब्याख्या गर्ने गरेका छन् ।
(साथमा निराजन बतास)

Comments

Popular posts from this blog

कसले बनायो हङकङ?

एक धार्नी मासु र एक मानो नुन

दोहोरीमा विसर्जित बिरङ्गनाको सपना