Posts

Showing posts from 2011

कर्पोरल दीपप्रसादलाई चिठी

Image
                                                                                                                      राजेश राई  अब तपाईंले साम्राज्यकी खानी सर्वशक्तिमान महारानी ऐलिजाबेथलाई सोध्नुपर्छ, 'अब तपाईंले पनि पुर्खाहरूजस्तो जीवनको उत्तरार्द्धमा बेलायती अपमान सहन नसकेर रुनुपर्छ कि पर्दैन ? भिसी तुलबहादुर र लछिमान गुरुङहरूको भिसी पदक जसरी अन्यायपूर्वक तरिकाले खोसिए, आज तपाइर्ंले पाउनुभएको 'कन्स्िपस्युअस ग्यालन्ट्री क्रस’ बेलायतले भोलि खोस्छ कि खोस्दैन ? एलिजाबेथहरूले युद्धको समयमा सोझा गोर्खालीलाई पदक दिन्छन्, अनि पछि उनीहरूले किन खोसेर लैजान्छन् ?’                   ...

'योग्य' प्रचण्डलाई 'अयोग्य' गोविन्देको चिठी

Image
कविता - राजेश राई                                                                                                 कमरेड प्रचण्ड १२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगँ भागेर आएको होइन म फर्काइएको हुँ म गोविन्द राई कमरेड 'शिखर' भएर ९ बर्ष ३ महिना १० दिन अघि मुक्तिका लागि होमिएको थिएँ मैले न माक्स्र सुनेको थिएँ न माओ चिनेको थिएँ न चिनियाँ क्रान्तिको कथा नै जान्दथेँ न जान्दथेँ पेरिस कम्युनको गाथा नै केवल आफ्ना जिन्दगीका दुःख जानेको थिए मेरा बा आमाका पट्पटी फुटेका पाइतालाका साक्षी थिएँ औषधी नपाएर दमले थलिएका बाका पीडा जान्दथेँ मेरो वर्गशत्रलाई म राम्ररी चिन्दछु थिएन कुनै आक्रोश यो राज्यसत्तासँग थिएन कुनै प्रतिशोध वर्गशत्रुसँग कानुनका कुनै धारासँग असहमति पनि थिएन मेरो केवल आक्रोश थियो सिमल पाखाको साहुजीसँग जो...

के गर्दै छन् जनवादी कलाकारहरू ?

Image
                                                                                                                        राजेश राई माओवादी जनयुद्धका समयमा खानसम्म फुर्सद नपाउने गायक एवं सभासद् खुसीराम पाखि्रन यतिखेर काठमाडौंमा करिब-करिब फुर्सदिला दिन बिताइरहेका छन् । सबैभन्दा ठूलो दलका सभासद् भए पनि उनलाई पहिलाको जस्तो चटारो छैन । उनी जनयुद्धका समयमा गाउँदै कहिले पश्चिमको रोल्पा पुग्थे...

भिसी तुलबहादुरको आँसु

Image
                                                                                                                     राजेश राई हजाराँ गोर्खा सैनिकले जापानी र जर्मनको गोली छातीमा थापेर बि्रटिस साम्राज्य बचाइदिए । बेलायती भव्यताका प्रत्येक भित्ताहरूमा गोर्खालीका रगत, पसिना र आँसु पोतिएको छ । गोर्खालीले बलिदान नगरेको भए बेलायत आज संसारको शक्तिशाली राष्ट्र बन्दैनथ्यो ।    केही वर्षअघि भिक्टोरिया क्रस -...

जहाँ विकास बदनाम भएको छ......

Image
विकासको सम्बन्धमा कुनै एकजना बुज्रुकले भनेका छन् , ' कसैलाई पुण्य गर्नु छ भने विकासले नछोएको बस्तीमा विकासको कार्यक्रम लिएर जान सुझाव दिन्छु । ' तर , चितवनको सदरमुकाम भरतपुरदेखि ३० किलोमिटर मात्रै टाढा पटनिया गाविसस्थित घैलाबारी बस्तीका मित्रलाल बोटेको विगत र वर्तमानलाई केलाउँदा यो भनाइ मेल खाँदैन । मित्रलाललेे बाँचेको विगत र अहिले भोगिरहेको वर्तमानलाई बुझ्न े जोकोहीले भन्नेछ - यसरी कसैको खुसी लुट्ने विकास हुनुभन्दा नहुनु नै जाती । ' मित्रलालको जस्तै राप्तीको किनार र चितवन राष्ट्रिय निकुञ्जवरिपरि बस्ने करिब सात हजार बोटेको खुसीलाई नेपाले विकासले नराम्ररी खोसेको छ । ' हामीलाई विकासले आवाद होेइन बर्बाद बनायो ,' मित्रलाल भन्छन् , ' बोटे समुदायको सुन्दर संसार लुट्ने काम भयो । अहिले हामी पानीविनाको माछाजस्तै बनेका छौं । ' मित्रलालको पुर्खाको पेसा जंगलमा साग - सिस्नु टिप्ने , माछा मार्ने , घाट तार्ने र राप्तीको किनारमा सुन चाल्ने थियो । यसै ...