एक धार्नी मासु र एक मानो नुन

                                                           राजेश राई


'मेरो जीवनमाथि कसैले फिल्म बनायो भने सुपरहिट हुन्छ होला ।'
गायक शम्भु राईले गरेको भविष्यवाणी हो यो ।
'अथवा, कसैले उपन्यास लेख्यो भने पनि खुब चल्छ होला,' राईले थपे ।
५३ वटा हिउँद/बर्खा फटाइसकेका यी गायकले उस्तो के भोगेछन् त जीवनमा ? सुपरहिट फिल्म या बजारमा राम्रो चल्ने उपन्यासलाई भरपूर मसला पुग्ने गरी कुन-कुन दुर्घटना र सुघटनाबाट गुज्रेछन् त उनी ?
अधिकांश नेपाली फिल्मको कथामा एउटा नायकलाईर् सुरुमा दुःखको पहाडले थिचेको हुन्छ र अन्त्यतिर एकाएक दुःखको पहाड गल्र्यामगुर्लुम ढलिदिन्छ । शम्भु राईका अनुसार उनले राजेश हमाल, विराज भट्ट या अरू कुनै नायकले अभिनय गरेको कथाजस्तै जीवन बाँचे । नायकले जस्तै भत्काए ठुल्ठूला दुःखका पर्खाल । नायकले भिलेनहरूलाई ढालेझैँ ढाले समस्या र कठिनाइहरूलाई ।
गाउँमा एक मानो नुन पैँचो माग्न जाँदा कसैले नपत्याएको पीडा र हीनताबोध भोगेका थिए उनले कुनैवेला । सहरमा भोकभोकै भौँतारिएर हिँडेका छन् उनी । 'यस्ता पीडा र दुःखका सूची निकै लामो छ मसित,' उनी भन्छन्, 'अहिले आफ्नो गाडीमा हुइँकिरहँदा कहिलेकाहीँ म धरान-धनकुटाको उकालोमा रुँदै नुनको भारी खेपेको सम्भिmन्छु । सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी जीवनसंगिनीले मेरो गरिबीका कारण मलाई चटक्कै छोडेर गएको पनि बिर्सन्नँ ।'
***
धनकुटाको चुङवाङ हो उनको जन्मथलो । ०१३ सालमा जन्मिएका हुन् राई । उनी १८ महिना नपुग्दै उनको बुबाको मृत्यु भयो । साहुको खेतबारी दिनरात चहारेर परिवार पाल्दै आएका घरमूलीको मृत्युपछि राई-परिवारका झन् दुःखका दिन सुरु भए । दुःख त पहिले पनि मनग्यै थिए । तर, भरोसा दिने कोही थियो ।
अब दुईवटी छोरी र १८ महिनाको छोराको सम्पूर्ण जिम्मेवारी उनकी आमाको काँधमा आयो । कठोर श्रममा बितेको बाल्यकाल सम्झँदै शम्भु भन्छन्, '५/६ वर्षको उमेरदेखि साहुको गोठालो जान थालेको थिएँ म ।' दुःखसुख बिहान-बेलुकाको छाक टरे पनि गाउँमा गरिब भएका कारण हेपिनु र पेलिनुपथ्र्याे । 'गाउँमा राँगो काट्दा,' उनी भन्छन्, 'पैसा तिर्न सक्दैन भनेर मासु नदिँदा साह्रै दुःख लाग्थ्यो । क्वाँ-क्वाँ रुन मन लाग्थ्यो ।' पुतलीसडकस्थित श्रद्धा डिजिटल स्टुडियोको घुम्नेकुर्सीमा बसेर उनले भावुक हुँदै विगत सम्भिmए, 'घरमा नुन सकिएर पैँचो माग्न जाँदा रित्तोहात फर्किनुपथ्र्यो ।'
उतिवेला सारंगी बजाउँदै गाउँदै हिँड्ने मान्छे गरिब र दुःखी हुन्थ्यो । उनलाई पनि त्यस्तै लाग्थ्यो । तर, एक दिन पन्ध्र वषर्ीय किशोर शम्भुलाई सारंगी भिरिहेर्ने लहड चलेछ । छिमेकी बाबुराम कर्मीसँग एक डोको कागतीमा एउटा सारंगी साटे । 'दुःख-पीर पर्दा जानी-नजानी त्यही सारंगी बजाउँदै गीत गाएर मनलाई हलुका पार्न थालेँ,' उनी सम्भिmन्छन्, 'दुःखले नै मलाई सारंगी बजाउन र गीत गाउन सिकायो ।' दुःखकै बीचमा उनले ०३३ सालमा विवाह गरे ।
गाउँमा उनको परिवारलाई कोही पत्याउँदैनथे । मासु त मासु भइहाल्यो, एक मानो नुनधरी पैँचो पाउँदैनथे उनीहरू । यही नुनको समस्या टार्न ०३४ सालको वैशाखतिर ९ रुपैयाँ ऋण काढेर धनकुटाको चुङवाङदेखि धरान नुन लिन झरेको सम्भिmन्छन् उनी, 'उसवेला नुन ल्याउन धरान पुग्नुपथ्र्याे । धरान-धनकुटा पैदल गर्नुपथ्र्याे ।' तर, धरान नुन लिन झरेको शम्भु राई आफ्नो गाउँ नुन लिएर भने फर्किएनन् । आजसम्म पनि गाउँ फर्किएका छैनन् उनी । धनकुटाबाट तोक्मा र ढाकर बोकेर नुन लिन धरान झर्दै गर्दा बाटैमा उनको मन परिवर्तन भएछ । 'मलाई के भयो, भयो ? तोक्मा बिसाएर भेडेटारको साँगुरीगढीबाट चुङवाङ आइपुगेपछि मैले एउटा संकल्प गरेँ- एक धार्नी मासु र एक मानो नुन पत्याउन लायक भएर मात्रै त्यो गाउँ फर्किन्छु,' उनी ती दिन सम्भिmन्छन् । त्यसपछि धरानमा ९ रुपैयाँले जिन्दगी सुरु गरे उनले । हन्डर र ठक्कर कति खाए, भनिनसक्नु छ रे । 'तर,' उनी भन्छन्, 'जति अभाव र दुःख भए पनि सुखको सपना देख्न छोडिनँ । मान्छेलाई दुःखले धेरै कुरा सिकाउँदो रहेछ । दुःख मान्छेको सबभन्दा ठूलो शिक्षक हो भन्छन्, सत्य रहेछ ।'
****
घरमा बूढीआमा, श्रीमती र छोरीलाईर् छोडेर नुन लिन धरान झरेका शम्भु राई कागतीसँग साटेको सारंगी बजाउँदै गीत गाएर हिँड्न थाले । धरानमा बलारिन थाले । धरान झरेको वेला श्रीमती घर छोडेर गइछन् । उनले सुनाए, 'ऊ मभन्दा धनी परिवारकी थिई, त्यही भएर छोडेर गई ।'
यस्तैमा, त्यही साल संकल्प परिवारका जेबी टुहुरे, रामेश, मञ्जुलहरू सांस्कृतिक कार्यक्रम गर्न धरान आइपुगे । संयोगले धरानको सैनिक हलमा जेबी टुहुरेले गाएको आमा दिदी बहिनी हो भन्ने गीतमा सारंगी बजाउने अवसर पाए । अहिले चर्चित त्यो गीत पहिलोपल्ट जेबी टुहुरेले गाएका थिए र शम्भुले पनि सार्वजानिक कार्यक्रममा पहिलोपल्ट सारंगी बजाएका थिए । संकल्प समूहसँगको भेटपछि उनको जीवनले नयाँ मोड लियो । जेबी टुहुरे र मञ्जुलबाट उनले जनताका लागि बजाउनु र गाउनुपर्छ भन्ने कुरा सिके । 'जेबी र मञ्जुलदाइहरूसँग भेटेपछि म परिवारका सबै दुःख भुलेर गीत गाउँदै हिँड्न थालेँ,' उनी भन्छन्, 'त्यसपछि आमा र छोरालाई दिदीको घरमा पुर्‍याएर संकल्प परिवारसित हिँड्न थालेँ ।' घरको अवस्था लथालिंग भए पनि जनताका गीत गाउँदै संकल्प समूहसँग मेची-काली सांस्कृतिक यात्रामा सहभागी भए । गाउँदै हिँड्ने क्रममा ०३९ सालमा धरानकी प्रमोदा राईसँग अर्को बिहे पनि गरे ।
लामो समय संकल्प परिवारसित हिँडे उनी । आर्थिक अवस्था झन्-झन् कमजोर हुँदै गएको थियो । जनताका गीत गाउँदै हिँडे पनि, ठुल्ठूला आदर्शका कुरा गर्दै हिँडे पनि आमा, एक छोरा र श्रीमती पाल्नुपर्ने जिम्मेवारीबाट उनी पन्छिन सक्दैनथे । आर्थिक कठिनाइले धरानमा टिक्न नसकेपछि ०४१ साल कात्तिकमा ढिक्कै परिवार बोकेर दालभातको खोजीमा उनी काठमाडौं आए । 'काठमाडौं टेकेपछि मेरा दुःखका दिन सकिन्छन् भन्ने लागेको थियो,' त्यतिवेला काठमाडौंप्रतिको आफ्नो भरोसा देखेर अहिले उनलाई ताजुब लाग्छ ।
काठमाडौं आएपछि उनले काम गर्दै आएको पार्टी मालेका नेताहरूसँग उनले परिवार पाल्ने कुनै आधार मिलाइदिन अनुरोध गरे । तर, पार्टीबाट उनलाई कुनै भरथेग मिलेन । काठमाडौंमा दुःखका दिनमा इतिश्री लगाउन आएका उनलाई काठमाडौंले अरू-अरू दुःखका ढोका खोल्न थाल्यो । मैतीदेवीको एउटा साँघुरो कोठामा उनी, आमा, एक छोरा र श्रीमती गरी चारजनाको परिवार बस्थ्यो । 'सानो कोठा थियो,' अहिले फराकिला कोठा भएको आफ्नै घर भएको शम्भु सम्झन्छन्, 'एउटा खाट पनि थिएन कोठामा । एउटा कुनामा भाँडाकुँडा थिए भने अर्को कुुुना हाम्रो सुत्ने ठाउँ थियो ।'
****
उसबेला रेडियो नेपालमा काम गर्ने कलाकारलाई कम्युनिस्टहरू बुुर्जुवा मण्डले भन्ने गर्थे । आर्थिक कारणले शम्भु राई पनि रेडियो नेपालमा सारंगी बजाउन पुगे । उनलाई मण्डले त भनिएन तर अवसरवादी भन्न थालियो । उनले रेडियो नेपाल जानुअघि मञ्जुललाई भनेका थिए रे, 'दाइ, म त्यहाँ बुर्जुवा हुन होइन, बुर्जुवाहरूको केन्द्रमा संघर्ष गर्न जाँदै छु ।'
एउटा गीतमा सारंगी बजाएको २० रुपैयाँ पाउँथे । सारंगीका आडमा अब उनले घरपरिवार चलाउनुपथ्र्याे । 'त्यसवेलाको दुःख सम्भिmँदा अहिले पनि छाती पोलेर आउँछ,' उनी भन्छन् । रेडियो नेपालमा उनलाई कम्युनिस्ट आतंककारी समूहको मान्छे भनिन्थ्यो भने कम्युनिस्टहरूचाहिँ उनलाई मण्डलेसित मिल्न जाने अवसरवादी भन्थे । यही क्रममा ०४२ सालमा उनलाई रु. १ सय पारिश्रमिकमा सिन्धुपाल्चोकमा गीत गाउन लगियो । सिन्धुपाल्चोकमा कलिलो तामालाई सोध रामालाई भन्ने गीतमा उनले सारंगी बजाएका थिए । तर, रेडियो नेपालको एकजना छुल्याहा कर्मचारीले तत्कालीन जलस्रोतमन्त्री पशुपतिशमशेर राणालाई 'शम्भु राईले कलिलो तामालाई भगाऊँ राणालाई भन्ने गीत गायो भनेर पोल लगाएछ । त्यसपछि उनले रेडियो नेपालमा सारंगी बजाउन नपाउने भए । कम्युनिस्टहरूले अवसरवादी भनेका उनी अब सारंगी बजाएर २० रुपैयाँ पाउने अवसरबाट वञ्चित भए । रेडियो नेपालबाट निकालिए पनि उनले गाएका गीतहरू श्रोताहरूले मनपराउन थालिसकेका थिए । चिठी तिमीलाई लेखँु भन्छु, चलेछ बतास सुस्तरी जस्ता गीतले राम्रै बजार लिइसकेका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । गीतहरूले राम्रो बजार पाएपछि हातमुख जोड्ने समस्या बिस्तारै सकिँदै गयो । सांगीतिक कार्यक्रममा गाएर पनि कमाउन थाले उनी ।
*****
शम्भु राईलाई अहिले गाँस, बास र कपासको चिन्ता छैन । काठमाडौं अब उनका लागि बिरानो सहर रहेन । बरु उनी आफ्नै घरगाउँसँग भने बिरानो भएका छन् । ०३४ सालमा नुन लिन धरान झरेका शम्भु राई आजसम्म आफ्नो गाउँ उक्लेका छैनन् । श्रद्धा डिजिटल स्टुडियोका मालिक उनी अचेल आफैंसित भन्ने गर्छन् रे, 'शम्भु, अब त चुङवाङका मान्छेले तँलाई एक मानो नुन र एक धार्नी मासु पत्याउँछन् होला । गाउँ कहिले फर्किन्छस् शम्भु तँ ?'
२२ वटा त एल्बम मात्रै निक्लेका छन् उनका । एक दर्जनभन्दा बढी फिल्ममा संगीत दिएका छन् । चिठी तिमीलाई लेखुँ भन्छु, चलेछ बतास, घर त हिले हो, बाटो हेरे हुन्छ, हिउँजस्तै गोरी, धारापानीमा आदि गरेर उनका पाँच दर्जनभन्दा बढी गीत हिट भएका छन् । आफ्नो बायोडाटामा उत्कृष्ट आधुनिक गायन पुरस्कार, उत्कृष्ट लोकगायन पुरस्कारलगायत एक दर्जन गोल्ड मेडल, नारायणगोपाल संगीत पुरस्कार, प्रतिभा पुरस्कार आदि थपेका छन् उनले ।
अब चुङवाङले उनलाई एक मानो नुन र एक धार्नी मासु अवश्य पत्याउँछ । चुङवाङका लागि केही गर्ने धोको बोकेका शम्भु अचेल आफैंसित सोध्ने गर्छन् रे, 'चुङवाङ कहिले फर्किन्छस् शम्भु ?'

Subscribe to comments feed Comments (11 posted):


Rajdhan Rai on 14/01/2010 19:45:06
avatar
Shambhu daiko yo auta short biography padna paye khusi lagyo.daile sangit paila suru garnuhudako yatra realy farak 6 dukha lagdo nai 6,Maile chungbang dekhi kathmandu samma shambhu raiko sangitik yatra vanne book pani padheko thiya jasle pani daiko barema kehi thaha thiyo.Aaja mailma padhna paye vabuk bane.Aba daile ek choti chungbang aayara 1 dharni masu ra 1 mana nun paicho napayako samjhana garnubaye aatmale kati santusti paunethiyo hola.A sachi shambhu dai aba kahile dhankutako chungbang farkinu hola ta?
Thumbs Up Thumbs Down
0

sangita rai on 05/01/2010 19:13:45
avatar
मलाई तपाईको गीतहरु एकदम मन पर्छ | तपाइको लेख पढेर मलाई मेरो घर खोटांगको याद आयो | त्यहाँ पनि तपाई जस्तै सयौ शम्भु राईहरु छन् जो तपाई जस्तै गरिब छन् तर कलाका धनि छन् र अवसर बाट पनि बन्चित छन् | किनकि उनिहरु लाई पनि कसैले पनि एक धार्नी मासु र एक मानो नून अरुले पत्यौदैन |
Thumbs Up Thumbs Down
1

Kiran on 02/01/2010 13:50:21
avatar
Sambhu daiko ta ma 1 no.fan ho uhako barema pahila pani samanya janakari thiyo tara aja dherai janna paye ma dherai khusi 6u.kinaki ma pani ek sangharsasil man6e ho ra ahile Abu Dhabima sangharsa gari ra6u.Uhako Studio malai pani thaha 6 jasari vaye pani 1 din tyo thau pugne rahar 6 malai.Ok sambhu dai ajha ramro casset haru nikaldai janu hola yahi meroo suvakamana.
Thumbs Up Thumbs Down
0

dag bahadur magar on 01/01/2010 05:08:06
avatar
dai sewaro.
jindagi bhaneko nai yeuta sukha dukha ko kathale bhariyeko film jastai ta rahechhani haina?Well done dai.badhai 6 ahile yo thauma pugnu bho.
ma tapai ko fan pahila dekhi nai hu.tapai ganesh rasik uncle ko gharma aaunu huda dherai choti dhekheko pani chhu.ma nimesh ko sathi.baru saknu hunchha bhane Nimesh ko contact no dinu hola.iam in Madrid now.thanks.
Thumbs Up Thumbs Down
0

jb rai on 31/12/2009 22:47:15
avatar
दाइ तपाइको यो जिबन कहानी सुन्दा मेरो त अलि कम भएको महसुस गरेको छु तर म पनि त्यति कम दुख चाही नखेपेको मान्छे चाही होइन भन्नु पर्ला ? तपाई त त्यो दुख बिर्सन थाल्नु भएको छ तर म भने त्यहिँछु...........
Thumbs Up Thumbs Down
0

Bibash Nepali on 31/12/2009 21:18:52
avatar
Sambhu ji tapai ko barema pahila pani sunako ho ra rajniti dal ko jhola bokera pani uplbdhi hasil garna na sakne manchha tapai pani eak ho aajha shawartha ko lagi rajniti garna nachaheko manchha madhha tapai eak ho tara yastha kura lai khulasta rakhnu bhayo lamo samaya rajnitik jhola bokda samma pani dukhha ra peeda le nai sathi banayako sambhu rai lai aabata rajniti ka saphal khaladi le pani aaba ta sahayog garchhan hila hoi?
Thumbs Up Thumbs Down
0

Ram K.Rai on 31/12/2009 20:34:18
avatar
Afaima auta katha jasto Shambhu Rai kati Nepali haru ko Role model jastai hun.manai bhitrabata gauchan dil chune gari.
Venice.italy
Thumbs Up Thumbs Down
0

Chandra Gharti Magar on 31/12/2009 20:13:48
avatar
shambhu rai jyuko geet ma saanai hunebelaa rolpamaa daaididharule gaeko khub sundathe. malai ekdam man pardathe tara bhaw bujhna sakthena sirfa laya matra. tara bistarai bhaw, laya shabda sabai bujhana thale apchhi jhanai uhako geet man parna thalyo n he still my one of favorite artist..
reading this article abt his strgule on past days my tears nearly rolled down.. i salute u !!!
Thumbs Up Thumbs Down
0

udita tilung on 31/12/2009 20:04:55
avatar
dai katha padhepachhitapai bare janna paye.sangharsha garer nai aghi jan sakinchha bhanne sandesh diyeko chha-tapaiko bigatle.sabaile tapailai adarsha maner ajaka yuwa aghi badhna koshish gare safalta pautheki ? ani chungbang ma khi garne mission banaunus ki ajhai pani dherai yuwaharu bhautari raheka hun sakchhan,jasle sano tewa diyer aghi lyaune chetana dinus,role model bannus.
Thumbs Up Thumbs Down
0

Rajendra Bist on 31/12/2009 19:45:22
avatar
Yeo News le ma lai Sachai nai Paile Gau ma Tai hunthay Tapai le sabhu je ek dhuka paaune vha rahe cha ra garib le pani kai garna sakcha vhane ukha lai charitath garcha.
Thumbs Up Thumbs Down
0

on 31/12/2009 19:20:29
avatar
लेख पढेर शम्भुप्रति सहानुभूति जाग्यो । संघर्षको लागि बढाई वहांको गाउमा अझ पनि वहाले जस्तै दुःख भोग्ने जनताहरु हुन्छन् । अतः वहांले आˆनो जन्मथलोका अन्य जनताहरुले दुःख भोग्न नपर्ने गरी आˆनो जन्मथलोलाई स्वर्ग वनाउनु पर्छ । अतः अब काठमाडौंमा वसेर सुखसयरमा बाच्नु भन्दा आˆनो गाउालाई दया, माया गरेर आˆनो गाउ ठाउलाई विकास गर्न तिर लाग्नु पर्छ ।

Comments

Popular posts from this blog

कसले बनायो हङकङ?

दोहोरीमा विसर्जित बिरङ्गनाको सपना