फकल्यान्डमा गोर्खाली :- जित्दा जित्दै हारेको कथा
सन् १८१६ देखि आजसम्म बेलायतले लडेका प्रत्येक युद्धमा नेपाली युवाहरु अर्थात् गोर्खा सैनिकको सहभागिताछ । प्रत्येक युुद्धमा गोर्खाले अग्रमोर्चामा रहेर बेलायतका लागि लड्दै आएका छन् । बेलायतले हरेक युद्ध अघि नै गोरखाहरुको ‘बहादुरी’को बारेमा प्रचार गरेर दुश्मनलाई त्रर्साउँदै आएका छन् । त्यो मध्ये एक थियो, फकल्यान्ड युद्ध । यो गोर्खालीको दानवीकरण उत्कर्ष थियो । जसले गोर्खालीको विभत्स विम्ब निर्माण गरिदियो । जहाँ गोर्खालीले ब्रिटिसलाई जिताए, तर यथार्थमा आफैँचहिँ नराम्ररी हारे । फकल्यान्ड युद्धमा गोर्खालीहरुको कसरी दानवीकरण गरियो ? प्रस्तुत छ, यसको नालीवेली : आजभन्दा ठीक ३२ वर्षअघि अर्जेन्टिनी सेनाका कमान्डर रोवर्टो हरसेर फकल्यान्ड युद्ध ( किन भयो फकल्यान्ड युद्ध ? (हेर्नुुहोस्, बक्समा तल) मा जान तयार हुँदै थिए । उनलाई फकल्यान्ड युद्धको राजनीति के थियो ? केही थाहा थिएन । एउटा सैनिक हुुनुको नाताले उनलाई यति मात्रै थाहा थियो, ‘कि फकल्यान्ड मेरो भूमि हो । यसलाई ब्रिटिस साम्राज्यबाट जोगाउन लड्नुपर्छ ।’ ब्रिटिस सेनासँग लड्न उनी सबै हिसाबले तयार थिए । आमअर्जेन्टिनी पनि गो...